एमाले अध्यक्ष ओली आज पाल्पा पुग्नुहुँदै : मिसन ग्रासरुट निरीक्षण र कार्यकर्तालाई सम्बोधन गर्नु हुने

काठमाडौं ! पार्टीले डेढ महिना देखि सञ्चालन गरिरहेको ‘मिसन ग्रासरुट’ अभियानको निरीक्षण र कार्यकर्ता भेटघाटका लागि पाँच दिनका लागि लुम्बिनी प्रदेश जानु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पाल्पा पुग्दै हुनुहुन्छ ।
पार्टी केन्द्रीय सदस्य एवं पाल्पा सहइन्चार्ज सृजना काफ्लेका अनुसार अध्यक्ष ओलीले आज १२ बजे पाल्पा सदरमुकाम तानसेनको दमकडामा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
अध्यक्ष ओलीले आमसभापछि जिल्ला तहका विभिन्न नेता कार्यकर्ताहरु सँग अन्तरक्रिया गर्ने,मिसन ग्रास रुटको प्रभावकारिताको बारेमा छलफल गर्ने कार्यक्रम छ ।
चैत ११ काठमाडौंबाट लुम्बिनी प्रदेशका लागि प्रस्थान गर्नु भएका अध्यक्ष ओलीले कपिलवश्तु,लुम्बिनी,अर्घाखाँची,गुल्मीका विभिन्न कार्यक्रमहरुलाई सम्बोधन गर्नुभएको छ । पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुले अध्यक्ष ओलीसँग आफ्नो जिल्ला र पालिकाहरुमा पार्टीको अवस्था र सुधार गर्नुपर्ने पक्षका बारेमा समेत भेटेर सुझावहरु दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *