शरणमा आएका वकिलहरुलाई ओलीको जवाफ : चोलेन्द्र हट्दैमा न्यायलय सच्चिदैन

काठमाडौं ! पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा हट्दैमा न्यायलय सच्चिने सम्भावना आफूले नदेखेको बताउनु भएको छ। मंगलबार आफ्नै निवासमा नेपाल बार र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीसहित कानुन व्यवसायीहरुसँगको भेटघाटमा अध्यक्ष ओलीले न्यायाधीश, राजनीतिक दल र कानुन व्यवसायीको आ-आफ्नै स्वार्थ भएकाले न्यायलयलाई तत्काल सच्याएर लाने सम्भावना आफूले नदेखेको बताउनु भयो ।

‘न्यायलयलाई तत्काल सच्याएर लाने सम्भावना मैले देखेको छैन । किनभने तपाईं हामी कति तयार छौं भन्ने प्रश्न महत्वपूर्ण हो । राजनीतिक दल पनि सच्चिनुपर्नेछ । न्यायाधीश पनि सच्चिनुपर्ने छ । अधिवक्ताहरु, बार पनि सच्चिनुपर्ने आवश्यक देख्छु,’ उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले प्रधानन्यायाधीश जबरालाई हटाएर यो यो फैसला गराउने भनेर न्यायाधीश, एमिकस क्युरी, एकपक्ष वकिल बसेर तय गरिएको भन्दै यसरी न्यायलय नसच्चिने पनि बताउनु भयो । ‘अस्ति न्यायाधीश, एमिकस क्युरी र एकपक्ष वकिल बसेर जे तय गरेको छ, त्यो विरोधाभाष कुरा भयो । त्यसले कसरी सच्चिन्छ ?’ उहाँले प्रश्न गर्नुभयो ।

उहाँले न्यायलय सुधारको कुरामा एमाले प्रतिबद्ध रहेको तर सबैले कमजोरीहरु सुधार्दै लानुपर्नेमा जोड दिनुभयो । ‘यो अभियानलाई पूर्णता दिउ । न्यायलय सुधारका २० प्रतिशत कुरा उठाउनुभयो । १०० प्रतिशत बनाएर आउनुस्,’ उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *