एमाले अध्यक्ष ओली आज गृहजिल्ला झापा जानूहुँदै

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै हुनुहुन्छ । दिउँसो १ बजे भद्रपुर हुँदै दमक पुग्ने कार्यक्रम रहेको नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य होमबहादुर थापाले जानकारी दिनुभयो । अध्यक्ष ओली आज दमक स्थित आफ्नै निवासमा बस्नुहुनेछ ।
थापाका अनुसार भोली मेची सहकारी संस्थाले दमक २ मा निर्माण गरेका ४३ वटा आवास भवनको उद्घाटन गर्ने कार्यक्रम छ । यसैगरी भोली नै नेकपा एमाले झापाले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओली सहभागी भएर काठमाडौं फर्कने कार्यक्रम रहेको थापाले जानकारी दिनुभयो ।

प्रशिक्षणमा पार्टीले सञ्चालन गरेको मिसन ग्रास रुट अभियानको हालसम्मको अवस्थाका बारेमा पनि अध्यक्ष ओलीले जानकारी गराउनुहुनेछ । अध्यक्ष ओलीले उक्त बसाईमा जिल्ला र प्रदेशका नेता कार्यकर्ताहरु लाई पनि भेटघाट गर्नुहुनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *