नेपाली क्रिकेट टिमलाई बधाई दिंदै एमाले अध्यक्ष ओली लेख्नुहुन्छ : हामी गौरवान्वित छौँ, नेपाल गौरवान्वित छ

काठमाडौं ! पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज युएईलाई पराजित गरेको घरेलु टिम नेपाललाई बधाई दिनु भएको छ।

अध्यक्ष ओलीले बिजेता नेपाललाई खेल समापन भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिनु भएको हो। उहाँले आफ्नो फेसबुक पेजमा लेख्नु भएको छ – ‘युएईविरुद्धको खेलमा ऐतिहासिक जित निकालेर विश्वकप छनोटमा स्थान पक्का गरेकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई ! हामी गौरवान्वित छौँ, नेपाल गौरवान्वित छ।’

आज नेपालले युएईलाई हराउँदै विश्वकप छनौटमा पुगेको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *