पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान होइन, जुद्धशमशेरका छोरा हुन् : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान नभई जुद्धशमशेरको माइलो छोरा रहेको बताउनु भएको छ । आइतबार नेपाल ल क्याम्पसमा कानुनका विद्यार्थीहरुसँगको छलफलमा उहाँले कानुनको इतिहासमा गलत पढाइएको उल्लेख गर्नुभयो।

‘तपाईहरुले कानुनको किताबमा नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान भनेर पढ्नुभएको होला तर होइन, जुद्धशमशेरका छोरा नेपालको पहिलो प्रधानन्यायाधीश हुन्’ उहाँले उक्त कार्यक्रममा भन्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *