आईसीसी विश्वकप लिग–२ खेलिरहेका नेपाली टिमलाई अध्यक्ष ओलीले दिनुभयो हौसला स्वरुप शुभकामना

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेल खेल्न लागेको नेपाललाई सामाजिक संजालमार्फत सफलताको कामना व्यक्त गर्नु भएको छ।

खेल सुरु हुनु अघि आज सामाजिक सञ्जालमा लेख्दै उहाँले मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना १  राष्ट्र तपाईंहरुको साथमा छ, म तपाईंहरुको साथमा छु ,भन्नु भएको छ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *