पदले भिभिआइपी तर व्यवहारले भुइँमान्छे हुन रुचाउने केपी ओली

काठमाडौं ! एमाले अध्यक्ष केपी शर्मा ओली एमाले मुख्यालय च्यासलबाट फर्किँदा गर्दा जब भक्तपुरको सूर्य बिनायक २ बालकोट नजिक पुगेर त्यहाँ उनी एकाएक गाडीबाट ओर्लिनु भयो। गाडीबाट ओर्लिएर उहाँ स्कुले बालबालिकाहरू भएको नजिक पुग्नुभयो ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘पार्टी कार्यालयबाट घर फर्कंदै थिएँ, बाटोमा स्कूल छुटेर फर्किंदै गरेका नानीबाबूहरूसँग रमाइलो भेट गर्ने अवसर मिल्यो ।’

अध्यक्ष ओलीले त्यहाँ एकैछिन बालबालिकाहरूसँग तस्वीर खिचाउनु भयो । त्यसपछि उहाँ  नजिकै ठेलामा मकै पोलिरहेको स्थानमा पुगेर त्यहाँ ठेलाबाट पोलेको मकै किनेर खानुभयो । उहाँले सामाजिक संजालमा लेख्नु भएको छ,  ‘नजिकै एकजना बहिनी मकै पोलेर बेचिरहनु भएको रैछ, पोलेको मकै खाएँ । एकदम मज्जा लाग्यो ।’ अध्यक्ष ओलीलाई त्यहाँ एक्कासी देख्दा स्थानीयहरु अचम्मित परेका थिए भने बालबालिकाहरु खुसी भएका थिए। साथै ठेलामा मकै पोलेर बेच्ने महिलापनि देशको प्रधानमन्त्री भैसकेको ठूलो व्यक्ती त्यसरी आउँदा र आफ्नो ठेलामा पुगि मकै खाँदा हर्षित हुनुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *