एमाले अध्यक्ष ओलीले दिनुभयो नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सामाजिक संजाल मार्फत नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिनुभएको छ।

बिहीबार राष्ट्रपतिमा निर्वाचित हुनुभएका पौडेललाई अध्यक्ष ओलीले आज  बधाई दिनुभएको हो  ।

अध्यक्ष ओलीले बधाई दिँदै भन्नुभएको छ –  नेपालको गरिमामय तेस्रो राष्ट्रपतिको रूपमा निर्वाचित हुनुभएकोमा नेपाली काँग्रेसका नेता एवम् मेरा मित्र माननीय रामचन्द्र पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

बिहिबार सम्पन्न निर्वाचनमा  नौं दलिय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलले एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *