ग्याल्पो ल्होसारको शुभकामना दिंदै अध्यक्ष ओलीको सन्देश – एमाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा गर्ने अभियानमा छ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीली शेर्पा समुदायको प्रमुख चाड ग्याल्पो ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै सांस्कृति सद्भभावलाइ देश निर्माणमा लगाउनुपर्ने बताउनु भएको छ ।

बहुसांस्कृतिक विशेषताहरु हाम्रो सुन्दर देश नेपालका मौलिक पूँजीको रुपमा रहेको बताउँदै उहाँले एकता र सहिष्णुताको यस विशेषतालाई समृद्घ देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । ‘विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहिष्णुताका मौलिक आधारहरु हुन्,’ उहाँको शुभकामना सन्देशमा भनिएको छ, ‘हाम्रो संविधानले विविध भाषा तथा संस्कृति सम्बन्धि विषयलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ । यहाँ विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थाहरु सम्मानित छन्, उनीहरुका भाषा, लिपी, धर्म, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाहरु संरक्षित छन् ।’

एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा अग्रसर रहेको बताउँदै अध्यक्ष ओलीले लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउनुपर्ने बताउनु भयो ।

‘एमाले जनताका सम्पूर्ण आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण र आचरणसिद्ध लोकतन्त्रका रूपमा व्यवहारमा अनूदित गर्न चाहन्छ,’ उहाँको सन्देशमा भनिएको छ, ‘नेकपा (एमाले) जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुशासनयुक्त, पछौटेपनमुक्त, गरिबीरहित, सुशिक्षित, आधुनिक, समृद्ध र सुविधासम्पन्न बनाउन आफूले लिएको अग्रसरतालाई अझ असाधारण र द्रूतगतिमा अघि बढाउन चाहन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *