काठमाडौं ! एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको निर्वाचनले सत्ता समीकरण नबदलिने दाबी गर्नु भएको छ।विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राष्ट्रपतिको निर्वाचनपछि पनि यहि समीकरण अघि जाने र एमालेले राष्ट्रपतिको उम्मेदवार १३ फागुनमा सार्वजनिक गर्ने बताउनु भयो ।
अध्यक्ष ओलीले एमालेले उठाएको राष्ट्रपति उम्मेदवारलाई माओवादी केन्द्र लगायतका सबै दलले मत दिने विश्वास व्यक्त गर्नुभयो।