प्रजातन्त्र दिवसमा एमाले अध्यक्ष ओलीको सन्देश : प्रजातन्त्र प्राप्तिलाई उज्यालो युग सुरुवातको रुपमा लियौं

काठमाडौं ! पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रजातन्त्र प्राप्तिलाई उज्यालो युगको सुरुवात भएको दिनको रुपमा लिनुपर्ने बताउनुभएको छ ।
‘जहाँनिया राणा शासनबाट समाज ,देश र जनताले मुक्ति पाएको दिनको रुपमा आजको दिनलाई हामी स्मरण गर्दछौं’ ओलीले आज एक शुभकामना सन्देश दिंदै भन्नुभएको छ ।
ओलीको शुभकामना सन्देशमा शहिदहरुको बलिदानीको जगमा निर्माण भएको संविधानसभाबाट नेपालको संविधान बनेकोले यो जनहितको पक्षमा रहेको उहाँको भनाइ छ । संविधान जारी भएपछि बनेको नेकपा एमालेको सरकारले ‘मुलुकलाई गरिवीबाट सम्पन्नतातिर, अविकासबाट विकासतिर, अव्यवस्थाबाट सुव्यवस्थातिर अगाडि बढाइरहेको थियो अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा राष्ट्रको स्वाभिमान र स्वाधीनताको उचाइ बढाएको थियो ’ अध्यक्ष ओलीको सन्देशमा भनिएको छ ‘संवैधानिक प्रवन्धको गलत व्याख्याद्वारा हामीलाई सरकारबाट बाहिर पु¥याइएपछि अवरुद्ध हुन पुगेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने हाम्रो अभियानलाई हामी अझ सवल रुपमा अगाडि बढाउन चाहन्छौं । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *