दमकमा बहुप्राविधिक शिक्षालयको शिलान्यास गर्नु हुँदै अध्यक्ष ओली

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको दमकमा चार वटा प्राविधिक विषयमा पढाइ गर्न नयाँ प्रशिक्षण केन्द्रको आज शिलान्यास गर्दैहुनुहुन्छ । । दमक बहुप्राविधिक शिक्षालय स्थापना गरेर यहाँबाट प्रत्येक तीन वर्षमा १ सय ९२ जना नयाँ प्राविधिक उत्पादन गर्ने लक्ष्य रहेको छ । यो प्रशिक्षण केन्द्र दमक ४ मा स्थपना निर्माण

पछिल्लो समय प्राविधिक शिक्षामा सबैको चासो र आकर्षण समेत बढ्न थालेपछि दमकमा प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद अर्थात सिटिइभिटी अन्तर्गतको शिक्षालय खुल्न लागेको हो ।

दमककालागि चार वटा विषय अध्यापन गराउँन स्विकृत भइसकेको शिक्षालयका प्राचार्य ठाकुर भट्टराईले जानकारी दिनुभयो ।

‘सिभिल इन्जिनियर, अटो मोवाईल, रेफ्रि जेरेसन एण्ड इयर कण्डिसन र मेकानिकल विषय पढाउँन सिटिइभिटि सानोठिमीबाट स्विकृत भइसकेको छ । ’ प्राचार्य ठाकुरले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *