एमाले अध्यक्ष ओलीलाई भेट्न बाबुराम भट्टराई बालकोटमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच सोमबार वर्तमान राजनीतिक विषयमा भेटवार्ता भएको छ ।

सोमबार साँझ बालकोटस्थित ओली निवास पुग्नुभएका भट्टराई र अध्यक्ष ओलीबीच वर्तमान राजनीतिक परिवेश, सत्ता गठबन्धनबारे छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ ।

दुई अध्यक्षबीच सरकारको प्रभावकारिता, सरकारले लिने विश्वासको मत, सरकार सञ्चालन, नीति तथा कार्यक्रमको तयारीबारे छलफल भएको सचिवालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *