सत्ता गठबन्धन राधे राधेको बर्को ओडेको लोकतन्त्रको भक्षक : अध्यक्ष ओली

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन राधे राधेको बर्को ओडेको लोकतन्त्रको भक्षक भएको बताउनु भएको छ ।देशमा नेकपा एमाले रहेका कारण मात्र लोकतन्त्र जीवित रहेको पनि बताउनु भयो।

नेकपा एमाले कर्णाली प्रदेश कमिटीले आइतवार काठमाडौंमा आयोजना गरेको देउसी भैलो तथा शुभकामना आदन प्रदान कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले आफूहरु नभएको भए देशमा अर्को २०१७ साल (२०१७ सालमा भएको संविधान माथिको कू) भइसक्ने दावी गर्नुभयो ।
‘हामी हुँदैनथ्यौं भने, एमाले हुँदैनथ्यो भने २०१७ साल अस्तिै नै आइसकेको थियो । एमाले छ त्यसकारण १७ साल आउदैन । २००७ सालपछि ०१७ साल आएको थियो नि, आउथ्यो । संविधान त एउटा पुस्तक न हो बलजफ्ती गर्दा च्यातिन्छ सचेत जनताको मनोवल च्यात्न सकिदैन । त्यसकारण प्रतिक्रियावादी शक्ति चुप लागे’ ओलीले भन्नुभयो, ‘यस्ता प्रतिगामी परमादेश अनेक आउछन् । हामी सरकार छाड्न तयार छौं, तर देशलाई तलमाथि हुन दिदैनौँ, हामी सरकार छाड्न संविधान च्यात्न दिदैनौँ । लोकतन्त्र छाड्न सक्दैनौ । एमाले यो अठोटमा भएकोले लोकतन्त्र जिवीत छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *