केपी ओलीप्रति माडीका जनताको त्यो क्रेज

तीर्थ भट्टराई ! पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माडीको अयोध्यास्थित राम मन्दिरमा पुगेर पूजापाठ गर्नुभएको छ।पार्टीका विभिन्न कार्यक्रमका लागि चितवन पुग्नु भएका एमाले अध्यक्ष ओलीले कार्तिक १६ गते माडी पुगेर माडी नगरपालिका–९ को अयोध्याधाममा रहेको राम मन्दिरमा पुगेर पूजा गर्नुभएको हो ।                                                                       

माडी त्यो ठाउँ हो जहाँ सशस्त्र द्वन्दको समयमा सयौ नेपाली जनताले माओवादी युद्धका कारण ज्यान गुमाउनु परेको थियो र माडी त्यो ठाउँपनि हो जहाँ हिन्दूहरुको धार्मिक आस्थासग जोडिएको छ।हिन्दू धर्मको एक आस्थाको केन्द्र रहेको माडी अयोध्यालाई यतिखेर विशेष चासोका साथ हेर्न थालिएको छ। एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुनुभएको बेला राम भगवानको जन्म नेपालकै अयोध्यामा भएको तथ्यसहितको तर्क प्रस्तुत गर्नु भयो जुन कुराले नेपालमा मात्र हैन भारतिय शासक सामुपनि हलचल मच्चायो।किनभने विगतमा राम भगवानको जन्म भारतमा भएको भन्ने गरिन्थ्यो तर तथ्य र तर्कहरु सहित ओलीले नेपालकै माडी स्थित अयोध्यामा भगवानको जन्म भएको बताउन थालेपछि देशभित्र त एक किसिमको चासो छदैछ तर त्यस ठाउँका जनतामा ठूलो खुसी छाएको देखियो।आफ्नै ठाउँमा आफुले मानेका भगवानको जन्म रहेको तथ्य फेला पर्नु गौरवको कुरा हो।यस्तो पवित्र भुमिमा बसोबास गर्ने माडी बासीलाई केपी ओलीका यी कथनहरु जायज र प्यारा लाग्ने नै भए । उहाँले तर्क र तथ्यहरु प्रस्तुत गर्दागर्दै त्यहाँका मेयर र जनप्रतिनिधिलाई नै बालुवाटार बोलाएर त्यस क्षेत्रमा अझ बिस्तृत रुपमा यस अभियानमा लाग्न र आवस्यक सहयोगहरु आफू अनि सरकारले व्यहोर्ने वाचा गर्नुभयो र त्यो टिमले त्यस पवित्र भुमिलाई जोगाउन सबै कामहरु थाल्यो।यता तत्कालीन प्रधानमन्त्री ओलीले राम र सीता भगवानको मुर्ती बनाउन लगाएर काठमाडौबाट माडी अयोध्यामा धुमधाम सहित पुर्याउन लगाउनु भयो ।यस् किसिमको जनताको भावनालाई कदर गर्ने ओलीलाई जनताले रुचाउने नै भए ।                                           

चितवनको माडी क्षेत्र पुस्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रपनि हो तर हिन्दू धर्मको यस्तो आस्था भेटिएको र जनताले गौरवबोध गरिरहेको उहाँलाई पटक्कै मन परेको छैन नै किनकी ८० प्रतिशत हिन्दूहरुको आस्थामाथि कुल्चेर धर्मनिरपेक्षताको ढोल पिट्ने उहाँ नै हो । धर्मनिरपेक्षताको नाममा ८० प्रतिशत बढी जनताको आस्थामा निरन्तर प्रहारमा उत्रीनुभएको छ उहाँ । पश्चिमा शक्तिको दबाबमा र स्वार्थमा आफ्नो सस्कृतिलाई मास्न नेपाली जनता कदापी चाहदैनन । यदि कसैले आफ्नो आस्थामाथि प्रहार गर्छ भने त्यसप्रति प्रतिकारमा उत्रन तयार छन नेपाली जनता ।                                 

अध्यक्ष ओलीले आफ्नो धर्म र सस्कृती जोगाउन अरुले जस्तो देखावटी काम गर्नु भएको छैन।यो त शाश्वत यथार्थ हो।भगवान रामको जन्म भएको यस् पवित्र भुमिलाई रक्षा गर्नु,विस्वभरी चिनाउनु उहाँको मात्र हैन जनताको पनि दायित्व हुन आउछ।त्यसैले पनि उहाँको यो अभिभावकत्वलाई जनताले मन पराएका छन।जब उहाँ माडी प्रस्थान गर्नुभयो त्यहाँ चोकचोकमा जनताहरु उहाँको दर्शन गर्न बसेका थिए।के बालक,के युवा, के वृद्ध वृद्दा सबैको मन मनमा बस्नुभएका ओलीको त्यहा जयजयकार भयो । उहाँ आउने थाहा पाएपछि जनता त्यसै खुसी थिए तर उहाँलाई आफ्नै आँखा अगाडि देखेपछी झन बढी खुसी भए।                                         

माडीमा पुगेर अध्यक्ष ओलीले अयोध्यामा रहेको राम मन्दिरमा पुजाआजा गर्नुभयो।साथसाथै त्यहाँका जनतालाई प्रत्यक्ष भेटी सभा मार्फत सम्बोधन पनि गर्नुभयो ।जनताको अपार माया थियो किनकी उहाँ देखावटी हुनुहुदैन।आफ्नो देशको पहिचान,जनताको आस्था र भावनाको कदर गर्नुहुन्छ । जनताको आस्थालाई प्रहार हैन,सम्मान गर्न सकेमात्र जनताको मनमा बस्न सकिन्न।कम्युनिस्ट भन्दैमा देश र जनताको भावना विपरीत हिडेर गन्तव्यमा पुगिदैन भन्ने उहाँको ठम्याइ छ र जनताले पनि उहाँको यस किसिमको सद्भावलाई सम्मान गरेका छन।लामवद्द भएर उहाँको दर्शनका लागि बसेका जनताको भावले यहि सन्देश दिएको छ कि केपी ओली जस्तो देशप्रेमी नेता अरु कोहि छैन।                                                     

Leave a Reply

Your email address will not be published. Required fields are marked *