एमाले अध्यक्ष ओलीले बुझाउनु भयो चुनावी खर्च : १८ लाख ८२ हजार ५० (खर्च विवरणसहित)

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगलाई बुझाउनु भएको छ । उहाँले विभिन्न शीर्षकमा १८ लाख ८२ हजार ५० रुपैयाँको चुनावी खर्च विवरण बुझाउनु भएको जनाइएको छ।

झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिमार्फत मङ्गलवार चुनावी खर्च विवरण बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी प्रकाश न्यौपानेले जानकारी दिनुभयो।

अध्यक्ष ओलीले चुनावी प्रचार सामग्री छपाइ, यातायात, खाजा खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायत गरी विभिन्न शीर्षकमा १८ लाख ८२ हजार ५० रुपैयाँको चुनावी खर्च विवरण बुझाउनु भएको सूचना अधिकारी न्यौपानेले बताउनुभयो । झापा ५ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारले ३१ लाखसम्म चुनावमा खर्च गर्न पाउने निर्वाचन आयोगले अनुमति दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *