एमाले अध्यक्ष ओली आज चितवन जाँदै : चितवनमा दुई दिने कार्यक्रम तय

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन जाने हुनभएको छ । विभिन्न कार्यक्रममा सहभागी हुन चितवन जान लाग्नुभएका अध्यक्ष ओली त्यहाँ दुई दिन बस्ने कार्यक्रम तय भएको छ ।

सडक मार्ग हुँदै चितवन जान लाग्नुभएका अध्यक्ष ओलीले दासढुंगामा रहेको मदन आश्रित पार्कमा मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

चितवन बसाइका क्रममा अध्यक्ष ओलीले केन्द्रीय महाधिवेशन स्थल नारायणी नदी किनारको अवलोकन तथा केन्द्रीय महाधिवेशनको सम्पर्क कार्यालयको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष ओलीले आजै एमाले भरतपुर महानगर कमिटीको अधिवेशनको समेत उद्घाटन गर्नु हुनेछ । उहाँले महाधिवेशनको बन्दसत्र हुने सौराहा क्षेत्रको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

चितवन बसाइकै क्रममा ओली माडी अयोध्याधामसमेत पुग्ने कार्यक्रम छ । अध्यक्ष ओलीसँगै एमाले स्थायी समिति सदस्यद्वय रामबहादुर थापा बादल र सुरेन्द्र पाण्डेलगायत केन्द्रीय नेतासमेत चितवन जाँदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *