एमाले अध्यक्ष ओलीद्वारा मतदातालाई दिनुभयो धन्यवाद

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको आज सम्पन्न निर्वाचनमा सहभागी भई मतदान गर्नुहुने सबै मतदातालाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ ।
अध्यक्ष ओलीले निर्धारित मतदान समय सकिएपछि साँझ सामाजिक सञ्जालमार्फत मतदातालाई धन्यवाद दिनुभएको हो ।
अध्यक्ष ओलीले मतदाताको मतको सधै कदर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अध्यक्षले भन्नुभएको छ– तपाईं मतदातालाई हार्दिक धन्यवाद । तपाईंको मतको सधै कदर गर्छाैं ।
अध्यक्ष ओली झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुनुहुन्छ । उहाँले आफ्नो बसोवास रहेको  भक्तपुर निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बालकोटको शान्ति आदर्श माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

नेकपा (एमाले) ले देशभर प्रतिनिधि सभाका प्रत्यक्षतर्फका १६५ सिटमध्ये १४१ स्थानमा उम्मेदवारी दिएको छ भने बाँकी २४ स्थानमा चुनावी तालमेलमा जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार लगायतलाई समर्थन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *