चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आज चितवन जानूहुँदै

काठमाडौं ! नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओली आज चितवनमा हुने चुनावी सभालाई सम्बोधन गर्न भरतपुर जाँदै हुनुहुन्छ। एमाले चितवनले भरतपुर-१० गेष्ट हाउस चौरमा आयोजना गरेको सभालाई सम्बोधन गर्न उहाँ चितवन पुग्न लाग्नुभएको हो।

अध्यक्ष ओलीले मंसिर ४ को निर्वाचनलाई लक्षित गरेर हाल एमालेले आयोजना गरेको देशव्यापी चुनावी कार्यक्रममा सहभागी हुन देशदौडाहामा हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *