एमाले अध्यक्ष ओलीले आज कर्णालीका तीन जिल्लामा सम्बोधन गर्नुहुने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज कर्णालीका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
अध्यक्ष ओलीले क्रमशः कालीकोटको रास्कोट, दैलेखको जम्मुकाँध र  सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
उहाँले शनिबार डोटी र कैलालीका तीनवटा चुनावी सभालाई सम्वोधन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *