एमाले अध्यक्ष ओली आज सुदूरपश्चिम आउनुहुँदै : दिपायल,अत्तरिया र लम्कीका चुनावी सभालाई सम्बोधन गर्नुहुने

धनगढी ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेशका जिल्लाहरु डोटी र कैलालीको चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम आउँदै हुनुहुन्छ। उक्त कार्यक्रमलाई सम्बोधन गर्न उहाँ बिहानै धनगढी आउँदै हुनुहुन्छ। एमालेको आजको पहिलो चुनावी कार्यक्रम डोटीको दिपायलमा हुनेछ,उक्त कार्यक्रम बिहान ११ बजे तय गरिएको छ।

त्यस्तै दिउँसो २ बजे कैलालीको अत्तरियामा आयोजित चुनावी सभालाई उहाँले सम्बोधन गर्नुहुनेछ भने दिउँसो ४ बजे कैलालीको लम्कीमा आयोजित सभालाई सम्बोधन गर्नुहुनेछ। अध्यक्ष ओली यी तीन कार्यक्रम सकेर आजै सांझ काठमाडौं फर्किनुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *