एमाले अध्यक्ष ओलीले आज धरानमा कार्यकर्ता भेलालाई सम्वोधन गर्नुहुने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज सुनसरी निर्वाचन क्षेत्र नं. १ को धरानमा कार्यकर्ता भेलालाई सम्वोधन गर्नुहुने भएको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रचार प्रसारका क्रममा कात्तिक २२ गतेदेखि झापा निर्वाचन क्षेत्र नं. २, ४ र ५ का विभिन्न चुनावी सभा, भेलालाई सम्बोधन र मतदातासँग भेटघाटमा व्यस्त रहनुभएका अध्यक्ष ओलीले विहान सुनसरीको धरानमा कार्यकर्ता भेलालाई सम्वोधन गर्ने कार्यक्रम छ । सुनसरीको कार्यक्रमपछि अध्यक्ष ओली काठमाडौं फर्कनुहुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *