गठबन्धनलाई ठेगान लगाउन एमाले एक्लै काफी : अध्यक्ष ओली

काठमाडौं ! नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनलाई ठेगान लगाउन एमाले एक्लै काफी रहेको बताउनु भएको छ । राष्ट्र र राष्ट्रियताको सबालमा सदैब अडिग रहने एमाले मात्रै रहेको बताउँदै उहाँले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कुनैपनि पार्टीले छेक्न नसक्ने ठोकुवा गर्नुभयो।

नेकपा (एमाले) झापा क्षेत्र नम्बर–४ ले बिहीबार झापाको सुरुङ्गामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली काँग्रेस, माओवादी केन्द्रलगायत कुनैपनि पार्टीले पराजित गर्न नसक्ने भएपछि एमालेलाई रोक्नका लागि गठबन्धन गरेको जिकिर गर्नुभयो । तर, गठबन्धनले एमालेलाई हराउन नसक्ने पनि उहाँको दाबी छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *