एमाले अध्यक्ष ओली आज गृहजिल्ला झापा जानूहुँदै

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै हुनुहुन्छ । झापामा  अध्यक्ष ओली निर्वाचनसम्बन्धी  विभिन्न कार्यक्रममा व्यस्त हुनुहुने छ ।
अध्यक्ष ओली झापामा आयोजना हुने चुनावी सभा, भेला, कार्यकर्ता भेटघाट लगायत कार्यक्रममा सहभागी हुनुहुने छ ।
अध्यक्ष ओली आज झापा निर्वाचन क्षेत्र नं. २ को सालवाडी शनिश्चरेमा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुनुहुने नेकपा (एमाले) का पोेलिटव्यूरो सदस्य तथा अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापा निर्वाचन क्षेत्र नं. ५ का निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालले वताउनुभयो ।
झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका अध्यक्ष ओलीसँग साँझ दमकमा सहकारीकर्मीहरुको भेटघाट कार्यक्रम रहेको छ ।
यसैगरी भोलि कात्तिक २३ गते दमकमा आयोजना हुने वृहत पार्टी प्रवेश कार्यक्रममा सहभागी भई अध्यक्ष ओलीले विभिन्न दलका कार्यकर्ता लगायतलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीले कात्तिक २४ गते दमकमा आयोजना हुने नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रदेश–१ स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने नेता दाहालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *