कार्तिक २६ गतेको चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली कैलाली आउनु हुँदै

धनगढी ! नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आउँदो कार्तिक २६ गते कैलालीको अत्तरिया र लम्कीमा आउनु हुनेभएको छ । एमालेको चुनावी सभालाई सम्बोधन गर्न उहाँ कैलाली आउन लाग्नुभएको हो। अध्यक्ष ओलीले त्यसदिन पहिलो कार्यक्रम डोटीको दिपायलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुनेछ। एमाले सुदूरपश्चिम कमिटी सचिव धर्मराज पाठकका अनुसार अध्यक्ष ओलीले बिहान ११ बजे डोटीको दिपायलमा,दिउँसो २ बजे कैलालीको अत्तरियामा र दिउँसो ४ बजे नै लम्कीमा कार्यक्रम तय भएको जानकारी दिनुभएको छ।

कार्तिक १८ गते दार्चुलाको खलंगाबाट सुरु भएको एमालेको चुनावी सभा हाल देशव्यापी रुपमा भैरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *