चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आज पोखरा जानूहुँदै

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै हुनुहुन्छ । एमाले कास्की जिल्ला निर्वाचन परिचालन कमिटीले आयोजना गर्ने कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली पोखरा सभागृहमा आउने तालिका तयार भएकाे निर्वाचन प्रचार प्रमुख दर्शन लामाले जानकारी दिनुभयो

अध्यक्ष ओलीसँगै कास्की निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनबहादुर गुरुङ, क्षेत्र नम्बर २ का विद्या भट्टराई र क्षेत्र नम्बर ३ का दामोदर पौडेल ( बैरागी) कार्यक्रममा सहभागिता रहनेछ । यस्तै, गण्डकी प्रदेशसभा तर्फ १ (१) का खगराज अधिकारी १ (२) का वेदबहादुर गुरुङ, क्षेत्र नम्बर २ (१) का भीम कार्की, २ (२) की मीना गुरुङ, क्षेत्र नम्बर ३ (१) का गणेशमान गुरुङ, ३ (२) का उम्मेदवार राजीव पहारी सभामा सहभागी हुनुहुनेछ। एमालेले कार्तिक १८ गते दार्चुलाबाट आफ्नो चुनावी सभा सुरु गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *