काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नागढुङ्गा–सिस्नेखोला (काठमाडौं) सुरुङमार्गको अवलोकन गर्नुभएको छ ।
अध्यक्ष ओलीले आज नागढुङ्गामा धादिङतर्फबाट खनिएको सुरुङको अवलोकन गर्नुभई कामको प्रगतिका बारेमा जानकारी लिनु भयो । यो सुरुङमार्ग प्रधानमन्त्रीका रुपमा अध्यक्ष ओलीले शिलान्यास गर्नुभएको थियो ।
करिव तीनकिलोमिटर लम्बाई रहेको यो सुरुङमार्ग जापान सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको छ । हालसम्म धादिङतर्फबाट साढे आठसय मिटर सुरुङ खनिएको वताइएको छ ।