एमाले अध्यक्ष ओली धनगढीमा : चुच्चेनक्सा सम्मेलित जिल्ला दार्चुलामा आज पहिलो चुनावी सभामा जानूहुँदै

धनगढी ! शुक्रबार दार्चुलाको चुच्चेनक्सा सम्मेलित स्थान लिपुलेक,लिम्पियाधुराबाट पार्टीको चुनावी सभा सुरु गर्न एमाले अध्यक्ष केपी शर्मा ओली हिजो सांझ धनगढी आइपुग्नु भएको छ । आज दार्चुलाको खलंगामा आयोजना हुने पहिलो विशाल चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली बिहिवार सांझ धनगढी आउनु भएको हो। उहाँ शुक्रबार बिहान १०:३० बजे हेलिकप्टर मार्फत दार्चुला जानुहुनेछ।

दार्चुलाको लिपुलेक लिम्पियाधुरा त्यो भुभाग हो,जुन केपी ओली प्रधानमन्त्री हुँदा नेपालको चुच्चेनक्सामा समेटिएको थियो। उक्त भुभाग नक्सामा ल्याएको उक्त सरकारले अब भुमिनै फिर्ता ल्याउनका लागि आगामी निर्वाचनमा आफ्नो चुनावी एजेन्डापनि तय गरेको छ। एमाले अध्यक्ष ओलीले आफ्नो पहिलो चुनावी सभा त्यही भुभागबाट सुरु गरि एमाले उक्त भुभाग फिर्ता ल्याउन दृढ रहेको सन्देश प्रवाह गर्न लाग्नुभएको हो। अध्यक्ष ओलीले आज ११ बजे खलंगामा आयोजित विशाल चुनावी सभालाई सम्बोधन गर्नुहुनेछ। खलंगाको चुनावी सभापछि अध्यक्ष ओलीले आजै दिउँसो १ बजे बैतडीमा आयोजित एमालेको सभालाई सम्बोधन गर्नुहुनेछ। उक्त सभा सकिएपछि अध्यक्ष ओली कंचनपुरको महेन्द्रनगरमा दिउँसो ३ बजे हुने चुनावी सभालाई सम्बोधन गर्न पुग्नुहुनेछ। उहाँले आज दार्चुला,बैतडी र कंचनपुरगरि तीन जिल्लाका कार्यक्रमहरुमा आफ्नो दमदार भनाईका साथै देशबासीलाई विशेष आह्वान गर्नुहुने जनाइएको छ।               

Leave a Reply

Your email address will not be published. Required fields are marked *