चुच्चेनक्सा भएको स्थानबाट चुनावी सभा सुरु गर्न एमाले अध्यक्ष ओली आज धनगढी आउनु हुँदै

धनगढी ! भोलि शुक्रबारको चुच्चेनक्सा सम्मेलित स्थान लिपुलेक,लिम्पियाधुराबाट पार्टीको चुनावी सभा सुरु गर्न एमाले अध्यक्ष केपी शर्मा ओली आज सांझ धनगढी आउँदै हुनुहुन्छ। भोलि दार्चुलाको खलंगामा आयोजना हुने पहिलो विशाल चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली आजै सांझ धनगढी पुग्न लाग्नुभएको एमाले सुदुरपश्चिम कमिटी सचिव धर्मराज पाठकले जानकारी दिनुभयो।

अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएको समयमा भारतले अतिक्रमण गरेको उक्त लिपुलेक,लिम्पियाधुरालाई देशको चुच्चेनक्सा समेट्नु भएको थियो। उहाँको उक्त साहसलाई जनता सबैले समर्थन गरेका थिए। आफ्नो कार्यकालको बिचैमा सरकार ढलेपछि भुमीफिर्ता ल्याउने उहाँको सपना अधुरै रहेकाले आगामी मंसिर ४ को निर्वाचनमा एमालेले उक्त राष्ट्रीय आवस्यकतालाई आफ्नो चुनावी एजेन्डा बनाउने भएको छ। सोही योजना स्वरुप एमालेले भोलि दार्चुलबाट आफ्नो चुनावी अभियान सुरु गर्दैछ। अध्यक्ष ओलीले भोलि नै बैतडी र कंचनपुरका चुनावी सभाहरुलाई सम्बोधन गर्नुहुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *