एमाले अध्यक्ष ओली आजबाट ४ दिनसम्म गृहजिल्ला झापामा रहनुहुने : यी हुन् उहाँका कार्यक्रमहरु

काठमाडौं ! नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचन प्रयोजनका लागि आजबाट चार दिनसम्म गृहजिल्ला झापा जाँदै हुनुहुन्छ।  ​आगामी ४ मंसिरको निर्वाचनको तयारी स्वरुप अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रसहितका १३ वटा स्थानिय तहमा ओलीले सहभागिता जनाउने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ।

अध्यक्ष ओलीले आज क्षेत्र नं ५ को दमकमा आयोजना हुने दुईवटा भेटघाट तथा भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैगरीअध्यक्ष ओलीले अपरान्ह ४ बजे क्याम्पस मोडमा दमक स्थित पशुपति मन्दिरमा वडा नं ६ र ७ का मतदाताहरुसँग अन्तरक्रिया र सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

कात्तिक १४ विहान ११ बजे कमल गाउँपालिकाको क्याम्पा बजारमा आयोजना हुने भेलालाई सम्बोधन गरेर अध्यक्ष ओली काठमाडौं फर्कने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ। अध्यक्ष ओली झापा क्षेत्र न.५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार र एमालेबाट भावी प्रधानमन्त्रीको उम्मेदवारपनि हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *