आज नागरिकसँग टेलिफोन संवाद गर्नुहुँदै एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज नागरिकसँग टेलिफोन संवाद गर्दैहुनुहुन्छ ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीसँग टेलिफोन संवाद गर्न बिहीबार अपराह्न १२ बजे सम्म १ लाख ७१ हजार ७३८ जनाले इच्छा देखाउँदै नाम टिपाइसकेका छन् ।

‘मसँग कुरा गर्न आज दिउँसो १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाउनु भएको छ। यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद । धेरै सहभागिता भएकाले आज १२ बजेपछि नाम टिप्न बन्द गरिएको सचिवालयले जानकारी दिएको छ । अध्यक्ष ओलीले फेसबुकमा लेख्नुभएको छ, भोलि हाम्रो कुराकानी हुनेछ । हामी तयार छौं नि ? ’

मंगलबार अध्यक्ष ओलीले कात्तिक ४ गते शुक्रबार नागरिकसँग प्रत्यक्ष टेलिफोन कुराकानी गर्ने र आफ्नो फेसबुक पेजमा मोबाइल नम्बर म्यासेज गर्न अनुरोध गर्नुभएको थियो।

अध्यक्ष ओलीले अनुरोध गरेसँगै बुधबार एकैदिन १ लाख १३ हजार ४ सय ७७ जनाले नाम र नम्बर टिपाएका थिए । बिहीबार अपराह्न १२ बजे सम्म १ लाख ७१ हजार ७३८ जनाले नाम टिपाएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *