एमाले अध्यक्ष ओलीको महजोडीद्वारा अभिनित चलचित्र ‘महापुरुष’ हेर्न जाने इच्छा

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई चलचित्र महापुरुष हेर्ने इच्छा लागेको उल्लेख गर्नुभएको छ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य अभिनय रहेको चलचित्र  ‘महापुरुष’ कात्तिक ११ गते अर्थात् तिहारको भाइटीकाको भोलिपल्ट प्रदर्शन हुँदैछ । उहाँहरुद्वारा अभिनित उक्त चलचित्र अध्यक्ष ओलीले हेर्ने इच्छा व्यक्त गर्नुभएको छ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले सुप्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठको बाँचुञ्जेल अभिनय गर्ने सदिच्छा पूर्ण होओस् भन्ने कामना पनि व्यक्त गर्नुभएको छ । ‘मलाई पनि उहाँद्वारा पछिल्लो पटक अभिनीत चलचित्र ‘महापुरुष’ हेर्ने इच्छा लागेको छ। चलचित्र महापुरुषको भव्य सफलताको कामना गर्दछु,’ अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ। एमाले अध्यक्ष ओली यस अघिपनि विभिन्न सिनेमाहरु हेर्न हलसम्म पुग्नुभएको थियो। उहाँ कला जगतलाई माया एवं सम्मान गर्ने राजनैतिक नेतृत्वमध्ये अग्रस्थानमा हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *