एमाले अध्यक्ष ओलीसँग टेलिफोनमा कुरा गर्न १ लाख ७१ हजार ७ सय जनाले टिपाए नाम र नम्बर

काठमाडाैँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफाेन सम्वाद गर्नका लागि १ लाख ७१ हजार ७ सय जनाले नाम र नम्बर टिपाएका छन् ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत दिनु भएको जानकारी अनुसार उहाँसँग कुरागर्न आज बिहीबार दिउँसो १२ बजेसम्म १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएका हुन् ।

अध्यक्ष ओलीको सचिवालयले प्राथमिकताका आधारमा टिपेका नम्बरहरु मध्येबाट भोलि अध्यक्ष ओलीले टेलिफोनमा कुराकानी गर्ने जनाइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *