एमाले अध्यक्ष ओलीलाई २४ घण्टाभित्रै १ लाख १३ हजार बढीले टिपाए आफ्नो नम्बर : शुक्रवार उहाँले टेलिफोन गर्ने

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन संवाद गर्न अहिलेसम्म एक लाख बढीले विवरण टिपाएका छन् । बुधबार अपराह्न ४ बजेसम्म एक लाख १३ हजार ४७७ जनाले नाम र नम्बर टिपाएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

साथै भोलि मध्याह्न १२ बजेसम्म मात्र विवरण पठाउन सकिन जनाइएको छ ।

“यो उत्साहपूर्ण सहभागिताले खुसी छु । धेरै नाम आएकोले नाम टिपाउने समय भोलि दिउँसो १२ बजेसम्म मात्र निर्धारण गरेका छौँ,” ओलीको आधिकारिक फेसबुकमा भनिएको छ ।

शुक्रबार अध्यक्ष ओलीले सर्वासाधरणसँग टेलिफोन संवाद गर्ने तय भएको उहाँको सचिवालयले जनाएको छ। टेलिफोन क-कस्लाई गर्ने भन्ने निधो उहाँको सचिवालयले गर्नेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *