आउँदो कार्तिक ४ गते एमाले अध्यक्ष ओलीले सर्वसाधारण जनतासँग टेलीफोन संवाद गर्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग टेलिफोन संवाद गर्ने हुनुभएको छ । चुनावी अभियानअन्तर्गत अध्यक्ष ओलीले आगामी शुक्रबार (कात्तिक ४ गते) सर्वसाधारणसँग टेलिफोन संवाद गर्नेकुरा सामाजिक संजालमार्गत जानकारी दिनुभएको हो

उहाँले संवादका लागि नम्बर पठाउन पनि सर्वसाधारणलाई सामाजिक संजालमार्फत आग्रह गर्नुभएको छ। । को-कोसँग कुराकानी गर्ने भन्ने तय अध्यक्ष ओलीको सचिवालयले तय गर्ने छ । अध्यक्ष ओलीको फेसबुक पेजको म्यासेन्जरमा पठाइएका नम्बरहरुमा उहाँले टेलिफोन गर्नुहुने जनाइएको छ।

चुनावको मिति नजिकिएसँगै अध्यक्ष ओलीले जनतासँगको सम्बन्धलाई अझै प्रगाढ पार्न प्रविधिका नयाँ नयाँ तरिकाहरु प्रयोग गर्न थाल्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *