एमाले अध्यक्ष ओली आज गृहजिल्ला झापा जानूहुँदै : यस्ता छन् निर्वाचन क्षेत्रमा उहाँका कार्यक्रमहरु

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष एवं झापा ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार केपी शर्मा ओली कार्यकर्ता भेटघाट तथा चुनावी प्रचार अभियानका लागि आज गृहजिल्ला झापा जाने हुनुभएको छ। अध्यक्ष ओली आज दिउँसो १.४५ बजे भद्रपुर विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।

स्रोतका अनुसार अध्यक्ष ओली आज अपरान्ह साढे ४ बजे दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार भेटघाटमा सहभागी हुनुहुनेछ । त्यसपछि नेताहरुसँग निर्वाचनको तयारीका बारेमा छलफल गर्ने कार्यक्रम छ ।
भोली विहान ११ बजे क्षेत्र नं १ को धुलाबारीमा बृहत्त कार्यकर्ता भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ । यसैगरी दिउसो २ बजे दमकको रोयल पार्टी पार्टी प्यालेस क्षेत्र नं ५ स्तरीय बृहत कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा क्षेत्र नं ५ भरीका कार्यकर्ताहरुको उपस्थिती रहनेछ । पर्सी ३ गते जनतासँग भेटघाट कार्यक्रम आयोजना गरिएको छ । त्यसका लागि दमक ३ आमचोक र कलम गाउँपालिकाको केर्खामा जनतासँगको भेटघाट कार्यक्रम राखिएको दाहालले जानकारी दिनुभयो । अध्यक्ष ओली ३ गते दिउसो २.५० बजे भद्रपुरबाट काठमाडौं फर्कने कार्यक्रम रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *