आफ्नो उम्मेदवारी दर्तापछि एमाले अध्यक्ष ओलीले भन्नुभयो– ‘एमालेले बहुमत ल्याउँछ’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं.५ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।
उम्मेदवारी दर्ताका लागि शनिवार नै झापा पुग्नुुभएका अध्यक्ष ओलीले आइतबार (असोज २३ गते) आफै निर्वाचन कार्यालयमा गई उम्मेदवारी मनोनयन दर्ता गराउनुभयोे । सो अवसरमा ठूलो संख्यामा नेता, कार्यकर्ता र शुभेच्छुकहरूको  सहभागिता रहेको थियो ।

अध्यक्ष ओलीलाई पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ । उम्मेदवारीपछि संक्षिप्त सभामा अध्यक्ष ओलीले निर्वाचनमा पार्टीले बहुमत ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
नेकपा (एमाले) ले मात्र देश विकास गरी समृद्धि ल्याउँछ भन्ने कुरा जनताले बुझिसकेका र देशभर एमालेप्रतिको आकर्षणले एमालेको पक्षमा चुनावी लहर सिर्जना भइरहेकाले पार्टीले बहुमत स्थानमा विजय प्राप्त गर्ने अध्यक्ष ओलीले वताउनुभयो ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले २०७९ असोज २३ गतेलाई उम्मेदवारी मनोनयन दर्ता मिति तोकेको थियो ।
नेकपा (एमाले) का देशभरका उम्मेदवारहरूले कार्यकर्ता र समर्थकहरूको भव्य सहभागितामा उत्साहका साथ उम्मेदवारी मनोनयन दर्ता गराउनुभयो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *