भोलिको उम्मेदवारी दर्ताको लागि एमाले अध्यक्ष ओली गृहजिल्ला झापामा

काठमाडौं ! नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुग्नुभएको छ । झापा क्षेत्र नम्बर ५ बाट भोलि आइतबार उम्मेदवारी दिन एमाले अध्यक्ष ओली आज झापा पुग्नुभएको हो।

सौर्य एयरलाइन्सबाट अध्यक्ष ओली आज दिउँसो साढे २ बजे भद्रपुरस्थित चन्द्रगढी विमानस्थल ओर्लिनु भएको थियो । अध्यक्ष ओलीलाई विमानस्थलमा उपाध्यक्ष सुभाषचन्द्र नेम्बाङलगायत नेता तथा कार्यकर्ताहरू स्वागत गर्नुभएको थियो।

भोलि (आइतबार) प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उम्मेदवार मनोनयन दर्ताको समय छ। एमाले अध्यक्ष ओली भोलि दिउँसो १२ :३० बजे दमक नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *