एमाले अध्यक्ष ओलीले भोलि दिउँसो १२ :३० बजे झापा क्षेत्र नं ५ मा उम्मेद्वारी दर्ता गर्नुहुँदै

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोली दिउँसो साढे १२ बजे झापा क्षेत्र नं ५ मा उम्मेद्वारी दर्ता गर्दै हुनुहुन्छ ।

अध्यक्ष ओलीको उम्मेद्वारी दर्ताका प्रस्तावक र समर्थकहरु तोकिएको छ ।
झापा क्षेत्र नं ५ को निर्वाचन परिचालन कमिटीका संयोजक एवं पोलिटव्यूरो सदस्य देवेन्द्र दाहालका अनुसार संघीय संसदका लागि अध्यक्ष केपी शर्मा ओलीको उम्मेद्वार प्रतिनिधी केन्द्रीय सदस्य रोमनाथ ओलीलाई तोकिएको छ । यसैगरी प्रस्तावकहरुमा केन्द्रीय सदस्य ओली र प्रदेश सदस्य अम्बिका खनाललाई तोकिएको छ । यस्तै समर्थकमा केन्द्रीय सदस्य गीता अधिकारी र जिल्ला अध्यक्ष दिपक कार्कीलाई तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *