परमादेश जारी गर्ने पाँचै जना श्रीमानले राजीनामा दिनुपर्छ : अध्यक्ष ओली

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट परमादेश गरेर सरकार बनाउने पाँचै जनाले राजीनामा दिनुपर्ने बताउनु भएको छ। पालिका अधिवेशनलाई सम्बोधन गर्दै उहाँले पाँच जना श्रीमानले परामादेश दिएकाले प्रधानन्यायाधीशको मात्र राजीनामा मागेर नपुग्ने बताउनु भएको हो।

एक जनासँग मात्र किन राजीनामा माग भइरहेकाले पाँचै जनाले राजीनामा दिनु उपयुक्त होइन र भन्दै प्रश्न गर्नुभयो।  संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा ढुंगाना, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई थिए। उहाँले न्याय प्रणाली स्वच्छ, निष्पक्ष हुनुपर्ने स्पष्ट पार्नुभयो। ओलीले राज्यका सबै अंग प्रभावकारी हुनुपर्ने धारणा राख्नुभयो। एमालेले पहिले नै अदालतको फैसला गलत भएको बताएपनि अहिले आएर न्यायाधीश आफैले फैसला दुषित रहेछ भन्न थालेको बताउनु भयो।

सभामुख अग्नी सापकोटाले एमालेमाथि षड्यन्त्र गरेको बताउनु भयो। उहाँले अहिलेको सरकारलाई पञ्चरंगीको संज्ञा दिनुभएको छ। उहाँले पाकिस्तानी शैलीमा परादेशबाट सरकार गठन भएको पनि बताउनु भयो। एमालेबाहेकका सबै शक्ति एकै ठाउँ हुँदा पनि विकास हुन नसकेको टिप्पणी गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *