एमाले अध्यक्ष ओलीले दमकमा बालबालिकाहरुलाई लगाइदिनु भयो दसैंको टीका

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बालबालिकालाई टीका लगाइदिनु भएको छ।

विजया दशमीको उपलक्ष्यमा अध्यक्ष ओलीले दमकस्थित आफ्नै निवासमा बालबालिकाहरूलाई टीका लगाइदिनु भएको हो । उहाँले  दमकमा आफ्ना बुवा मोहनप्रसाद ओलीसँग टीका लगाएर अन्य सर्बसाधरणलाई पनि लगाइदिने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ । अध्यक्ष ओली महाअष्टमीका दिन दशैं मनाउन धर्मपत्नी राधिका शाक्यसहित गृह नगर दमक जानूभएको थियो। उहाँ आजै काठमाडौं फर्किंदै हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *