एमाले अध्यक्ष ओलीले गृहनगर दमकमा टीका ग्रहण गर्नुहुँदै

काठमाडौं ! पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बडा दशैंको टिका गृहनगर दमक स्थित निवासमा ग्रहण गर्ने हुनुभएको छ ।

अध्यक्ष ओलीका बुबा मोहनप्रसाद ओलीबाट उहाँ र राधिका शाक्यले टिकाको साइत ११.५१ बजे दमक स्थित निवासमै टिका ग्रहणको कार्यक्रम रहेको जनाइएको छ।
स्रोतका अनुसार अध्यक्ष ओलीले विहान ९ बजे देखि १० बजेसम्म इच्छुक सर्वसाधरणलाई टिका लगाइदिने कार्यक्रम रहेको छ । तीन दिन देखि झापामा रहनु भएका अध्यक्ष अध्यक्ष ओली आज दिउसो २ बजे भद्रपुरबाट काठमाडौं फर्कने कार्यक्रम रहेको जनाइएको छ। काठमाडौं फर्किएपछि पनि बालकोट स्थित निवासमा सुभेच्छुकहरुलाई टीका लगाइदिने योजना रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *