एमाले अध्यक्ष ओली गृहजिल्लामा : टीकाको दिनसम्म झापामा रहनुहुने

काठमाडौं ! पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापा प्रस्थान गर्नुभएको छ। गृहजिल्ला झापामा बडा दसैंका अवसरमा विभिन्न कार्यक्रमहरुमा सहभागी हुनुका साथै दसैं मनाउन उहाँ पत्नी राधिका शाक्यसहित झापा पुग्नुभएको हो।

अध्यक्ष ओली आज र भोलि पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ भने दशमीका दिन बुवाको हातबाट टीका ग्रहण गरेर सोही दिन काठमाडौं फर्किनु हुनेछ।                     

Leave a Reply

Your email address will not be published. Required fields are marked *