एमाले अध्यक्ष ओलीले यो पटकको दसैं गृहजिल्ला झापामा मनाउनु हुँदै : यस्ता छन् दसैंका कार्यक्रमहरु

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालीको दशैं झापामा मनाउनुहुने भएको छ । त्यसका लागि अध्यक्ष ओली आज सोमबार दिउसो १: ४० बजे भद्रपुर जाने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएकोछ।

एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार भद्रपुरबाट अध्यक्ष ओली दमक स्थित आफ्नो निवासमा आउनुहुनेछ । यहाँ धनुकटाबाट लिम्बूवान र माओवादी त्यागेका केही नेताहरुलाई एमाले प्रवेश गराउनुहुनेछ ।
भोली १ बजे अध्यक्ष ओलीले दशैं तिहार,छठ लगायतका पर्वहरुको अवसर शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्नुभएको छ । अध्यक्ष ओलीले उक्त कार्यक्रममा सहभागी हुन विभिन्न दलका नेता,कार्यकर्ता र सर्वसाधरणलाई आमन्त्रण गर्नुभएको छ ।

अध्यक्ष ओलीले यसपालीको टिक झापा मै ग्रहण गर्ने कार्यक्रम छ । झापाको भद्रपुर नगरपालिका स्थित पृथ्वीनगरमा टिकाको साइत ११.५१ बजे बुबा मोहन प्रसाद ओलीको हातबाट अध्यक्ष ओलीले टिका ग्रहण गर्ने कार्यक्रम छ । त्यसैदिन अध्यक्ष ओली काठमाडौं फर्कनुहुने उहाँको सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *