फूलपातिका दिन एमाले अध्यक्ष ओलीले प्रवासी नेपालीहरुलाई सम्बोधन गर्नुहुँदै

काठमाडौं ! बडा दसैं अन्तरगत फूलपातिका दिन नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रवासी नेपालीलाई विशेष सम्बोधन गर्दै हुनुहुन्छ।

प्रवासी नेपाली मञ्चले दसैं-तिहार, छठलगायतको सन्दर्भमा आयोजना गर्ने कार्यक्रममा अध्यक्ष ओलीले विशेष सम्बोधन गर्ने मञ्चका अध्यक्ष भक्त गुरुङले जानकारी दिनुभयो । कार्यक्रम अक्टोबर २ तारिख अर्थात् १६ असोज २०७९ आइतबार नेपाली समयअनुसार बेलुकी ५ बजे जुम मार्फत हुनेछ ।

‘नेकपा एमालेका श्रद्धेय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमरेड केपी शर्मा ओलीज्यूबाट दसैं-तिहार, छठलगायतको सन्दर्भमा विशेष सम्बोधन हुने कार्यक्रममा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा छ,’ मञ्चको निमन्त्रणा कार्डमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *