विभिन्न पार्टीका नेता कार्यकर्ताहरुलाई एमालेमा भित्र्याउन अध्यक्ष ओली आज सिराहा जाँदै

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सिराहा जाँदै हुनुहुन्छ। सिराहाबाट विभिन्न पार्टीहरु परित्याग गरि ठूलो संख्यामा एमाले प्रवेश गर्ने कार्यक्रम रहेको हुनाले उनीहरुलाई भित्र्याउन अध्यक्ष ओली त्यसतर्फ जान लाग्नु भएको हो।

एमाले सिराहाका अध्यक्ष चण्डेश्वर मण्डलका अनुसार जसपा नेता तथा लक्ष्मीपुर पतारी गाउँपालिकाका निवर्तमान अध्यक्ष रामबल्लभ साह, नेकपा माओवादी नेता रामचन्द्र महतो, जसपा नेता तथा सिरहा नगरपालिकाका निवर्तमान वडाध्यक्ष गोपाल यादवसँगै हजारौं कार्यकर्ता शुक्रवार एमालेमा प्रवेश गर्नेछन् ।अध्यक्ष मण्डलका अनुसार हजारौं नामहरु भएकोले अहिले टाइपिङ गर्ने काम हुदैछ । प्रवेश गर्नेहरुमा मधेसवादी दलका केन्द्र र प्रदेश सदस्यहरु,माओवादी र काँग्रेसबाट समेत ठूलो संख्यामा एमाले प्रवेश गर्ने मण्डलले जानकारी दिनुभयो ।
सिरहाले गोलबजार नगरपालिकामा पर्ने चोहर्वामा प्रवेश कार्यक्रम राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *