देउवा सरकार आलोचना गर्न लायक पनि भएन : अध्यक्ष ओली

काठमाडौ ! नेकपा एमालेका अध्यक्ष केपी ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार निमित्त नायबीबाट चलेकाले आलोचना गर्न लायक पनि नरहेको बताउनु भएको छ ।

देउवा सरकारले सय दिन पूरा गरेकै दिन पार्टीको बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘यो निमित्त नायबीबाट चलेको सरकार हो । यस्तो सरकार आलोचना गर्न पनि लायक छैन, टिप्पणी गर्न लायक छैन ।’
बुधबार ललितपुरमा आयोजित कार्यक्रममा उहाँले गठबन्धन सरकार कसले चलाएको पनि भन्न नसकिने स्थिति रहेको बताउनु भयो । ‘यो सरकार अरुले चलाएको छ । त्यो नायक, नायक हैन जसको हातमा नायबी छैन’, उहाँले भन्नुभयो ।
‘भित्रबाटै चलेको छ कि बाहिरकाले चलाएको छ भन्न सक्ने स्थिति छैन’,सरकारको आलोचना गर्दै अध्यक्ष ओलीले भन्नुभयो ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमालेको मुख्य प्रतिस्पर्धी भए पनि आगामी चुनावमा सजिलै विजय हासिल गर्ने उहाँको दाबी छ । ‘कांग्रेसले अहिलेसम्म के गर्‍यो ? अब के गर्छ ?’ ओलीले भन्नुभयो, ‘एमालेले के गर्‍यो खोज्नै पर्दैन । सडक, स्वास्थ्य, शिक्षा जता हेरे पनि देखिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *