पूर्वप्रधानमन्त्री ओलीमा देखिएको देश बनाउने ‘हुट्हुटी’

तीर्थ भट्टराई ! केपी शर्मा ओली अर्थात् नेपालको समकालीन राजनीतिका शिखर पुरुष ! जसको नाम र कामले देशले त गर्व गरेको छनै,नेपाली जनताले उहाँप्रति धेरै भरोसा राखेका छन् । तीन पटकसम्म देशको प्रधानमन्त्री पद सम्हाल्न पुग्नुभएका उहाँ हाल देशको ठूलो पार्टी नेकपा एमालेको अध्यक्ष हुनुहुन्छ। उहाँ पहिलो पटक प्रधानमन्त्री बन्दा पनि पार्टीकै नेतृत्वमा हुनुहुन्थ्यो। उहाँ बि.स. २०७२ असोज २४ गते देशको ३८ औं प्रधानमन्त्रीको रूपमा निर्वाचित हुनुभएको थियो। पहिलो पटक प्रधानमन्त्री बन्दा माओवादी लगायतका दलको सहयोगमा उहाँ देशको कार्यकारी पदमा पुग्नु भएको थियो।

स्पष्ट बोल्ने,सरल स्वभाव,निडर लिडरका रुपमा परिचित उहाँ पहिलो पटक प्रधानमन्त्री हुँदा देशमा पुर्वाधारको जग मात्र बसाइएन देशमा भारतले ६/६ महिना नाकाबन्दी गर्दा डटेर सामना गरियो। निडर,साहसी अनि देशप्रेमी नेता देशको नेतृत्वमा हुँदा नेपाली जनता जस्तोसुकै कष्ट सहेरपनि आफ्नो स्वाभिमान बचाउन पछि हट्दैनन भन्ने सन्देश उक्त परिवेशले दिएको छ। त्यो समय भारतले गरेको ६ महिने नाकाबन्दीमा देश सम्हाल्ने नेतृत्वलाई साथ दिए सारा नेपाली जनताले र भारतीय शासक नेपालीको अडानप्रति झुक्न बाध्य बन्यो। केपी ओली त्यसताका देशको प्रधानमन्त्रीमा मात्र सिमित रहनु भएन,नेपाली जनताको अभिभावक बन्नुभयो,सहारा अनि भरोसा बन्नुभयो जहाँ उहाँको अभियानमा सारा देश एकजुट बन्यो। `सुखी नेपाली समृद्ध नेपाल´ नारा सहित देशमा केही गर्ने हुट्हुटी चल्यो उहाँमा। त्यो हुट्हुटी जसले चीनसँग पारवहन सम्झौता गरेर भारतको व्यापारिक एकाधिकारलाई तोड्यो। पुर्व-पश्चिम,उत्तर-दक्षिण रेलमार्गहरुको सम्भाव्यतालाई अघि बढाउन खोजियो। तेस्रो मुलुकसँग व्यापार विस्तारका लागि संभावनाहरु औल्याइयो। देशमा औधोगिकरणको क्रान्ति ल्याउने सपनाहरु देखिन थाले,काङ्ग्रेसको पालामा कौडिको भाउमा बेचिएका वा बन्द गरिएका उध्योगहरुलाई सुचारु गर्ने योजनाहरु बनाइयो जसले जनतामा एउटा आशाका किरणहरु छरपस्ट भए। अतिरन्जित नेपाली राजनीतिमा केपी ओलीको यस्तो उदय भयो कि देशको जुनैसुकै कुनाका बस्ने नेपालीमा उहाँप्रति देश बदल्ने ठूलो भरोसा प्रकट भयो।

देश बदल्ने योजनाहरुका साथ तत्कालीन प्रधानमन्त्री ओली अघि बढ्दै जांदा देशी विदेशी शक्तिलाई पटक्कै मन परेको थिएन। विदेशीले त हाम्रो देश झन समृद्ध बनेको देख्न नै चाहंदैन । यहाँका देश विकासका संभावनाका स्रोतहरुलाई नेपाल आफैंले प्रयोग गर्न नै दिदैंन किनकी त्यसमा उनीहरुको स्वार्थ लुकेको छ। यहि विदेशीको स्वार्थसँग केही नेपाली राजनीतिका खलनायकहरुपनि साक्षी बने र विदेशीकै इसारा र सहयोगमा उहाँलाई ९ महिनामा नै सरकारबाट अपदस्त गरियो। देशको विकासका लागि अनेकन संभावना बोकेको यो भुमीमा एउटा जोश बोकेको राजनेता खडा हुँदा अब नेपालमा केही भैहाल्छ कि भनेर प्रतिक्रियावादीहरु सल्बलाए र उहाँलाई हटाए। सरकारबाट हटेपनि केपी ओली गल्नु भएन। उहाँमा देश बनाउने र बदल्ने झन ठूलो शक्ति र अठौट पैदा भयो। संसदीय निर्वाचन आउन एक बर्षमात्र बांकी थियो,उहाँ जनताको मतबाट फेरि देशको त्यो कार्यकारी पदमा पुग्छु भनेर झन सक्रियताका साथ जनतामा जानुभयो। एमालेको नीति र केपी ओलीको नेतृत्वलाई जनताले मन नपराउने कुरै भएन। त्यसैबिचमा अर्को कम्युनिस्ट घटक माओवादी केन्द्रसँग पनि कार्यगत एकता गरि एमाले निर्वाचनमा होमियो र झण्डै दुई तिहाई सहितको भारी जनमत उहाँको त्यो भिजनलाई प्राप्त भयो। केपी ओली फेरि २०७४ को निर्वाचनपछि प्रधानमन्त्री बन्नुभयो र देश बनाउने कसम सहित बागडोर सम्हाल्नुभयो। ९ महिने सरकारले ल्याएका योजनाहरुलाई मुर्त रुप दिन र थप नयाँ योजना सहित देशलाई कालापलट गर्न उहाँ कस्सिनुभयो। देशका विभिन्न राजमार्गहरु,रेलसेवा ,सुरुङमार्ग,अन्तरास्ट्रिय विमानस्थलहरुको निर्माणमा प्रधानमन्त्री ओलीको ध्यान गयो। उहाँले अहिले नगरे कहिल्यै देश बन्दैन भन्ने अठौटका साथ यी यस्ता विकासका अभियानहरुलाई तीव्रता दिनुभयो। देशका दुई ठुला छिमेकी मुलुकसँग मित्रवत व्यवहार,विश्व समुदायमा नेपालको गर्विलो उपस्थिति यो साहेदै नेपालको इतिहासमा पहिलो प्रयास एवं सफलता हो। यस्तो गर्विलो ईतिहास बनाउंदै अघि बढ्नु भएका उहाँलाई साढे तीन बर्षपछि पुनः देशी विदेशी शक्तिको आडमा कम्युनिस्ट पार्टी विभाजित गराई अदालतको आडमा सरकारबाट हटाइयो। नेपालको इतिहासमा केपी ओलीको पालामा भएका कामहरु जनताले महसुस गरेका छन् ,देशको स्वाभिमान विदेशीको पोल्टामा पुर्याउन नदिने राजनेता ओली नै हुनुहुन्छ। देश बनाउंदा घेराबन्दी हुनु यो भन्दा आश्चर्य अरु केही हैन तरपनि नेपाली राजनीतिमा यो प्रवृति देखिरहेको छ। दोस्रो पटक प्रधानमन्त्री हुँदा दोस्रो पटक नै मृगौला प्रत्यारोपण गरेर अझ उत्साहका साथ देशको विकास गर्न दौडिनु भएको उहाँलाई सरकारबाट मात्र हटाएको हैन,नेपाली जनताको नारा सुखी नेपाली समृद्ध नेपालको अभियानलाई रोक्ने प्रयास हो। यो अभियानमा देशी विदेशी शक्तिहरुसँगै देउवा,प्रचण्ड,माधव नेपाल जस्ता पात्रहरु सहयोगी बने। खैर! देश बनाउँछु भन्दा अनेक अड्चन..! तरपनि आफ्ना योजना र जनताका चाहनालाई फेरि आगामी मंसिर ४ को निर्वाचनपछि पूरा गर्ने उहाँमा हुट्हुटी छ। गठबन्धन नामको देश लुटिखाने समूहले उहाँको देश बनाउने यो हुट्हुटीलाई छेक्न कदापी सक्दैन। सत्ता र शक्तिको माध्यमबाट केही समय गठबन्धन नामको समूहले केही समय मोज त गर्ला तर जनताको अभिमतलाई छेक्न सक्दैन।जनताको चाह एवं अभिमत आगामी निर्वाचनबाट एमालेलाई बहुमत दिलाउनु रहेको पाइन्छ। नेपाली जनता निर्विकल्प केपी ओलीलाई अबको ५ बर्ष फेरि देशको कार्यकारी पदमा देख्न चाहन्छन र देश बदलिएको हेर्न चाहन्छन् । केपी ओली देश बदल्ने यहि हुट्हुटीका साथ दैनिक १८ घण्टा काम र योजनाहरु बनाउनुहुन्छ। उहाँको देश बनाउने यो हुट्हुटीले सार्थकता पाओस्……!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *