एमाले अध्यक्ष ओलीको प्रश्न : प्रचण्डको आदेशमा राष्ट्रपतिले किन राजीनामा दिने ?

काठमाडौं ! नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको राजीनामा माग्दैमा उहाँले राजिनामा दिनुपर्ने हो भनि प्रश्न गर्नुभएको छ।

उहाँले प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा कुनै हालतमा नदिने उल्लेख गर्नुभयो। प्रचण्डको उक्त अभिव्यक्ति वाहियात भएको बताउनु भयो । ‘प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ?’, ओलीले भन्नुभयो । शनिबार विराटनगर विमानस्थलमा उहाँले यस्तो वाहियात कुरा नगर्न चेतावनी दिनुभयो।

शुक्रबार पोखरामा प्रचण्डले दोश्रोपटक संघीय संसदले पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता गर्न नसक्ने बताउनु भएको थियो । उहाँले विधेयक प्रमाणीकरण नगर्ने भए राष्ट्रपतिबाट विद्यादेवी भण्डारीले राजीनामा दिनुपर्ने बताउनु भएको थियो ।

अध्यक्ष ओलीले राष्ट्रपतिले प्रमाणीकरण नगरी पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक हुबहु पास गरेर सत्ता गठबन्धनले उदण्डता प्रदर्शन गरेको बताउदै आउनु भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *