गठबन्धनका चार नेता मिलेर देशमा लुटतन्त्र मच्चाइरहेका छन् : अध्यक्ष ओली

काठमाडौं ! नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका चार जना नेता मिलेर देशमा लोकतन्त्रका नाममा लुटतन्त्र मच्चाइरहेको बताउनु भएको छ । आज शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले चार जना नेता मिलेर देशमा लुटतन्त्र मच्चाइरहेको ठुकुवा गर्नुभयो।

अध्यक्ष ओलीले आफ्नो स्वार्थ पूरा गर्न, परिवार र नातागोता पोष्न सत्तापक्षका नेताहरू तल्लीन रहेको उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले आफ्नो परिवारका लागि पाखुरा देखाएर चारजना नेताहरूले राष्ट्रलाइ नै पछि धकेल्ने प्रयास गरिरहेको बताउनु भयो।

उहाँले नागरिकता विधेयकमा सरकारले तनाव बढाउने, पाखुरा देखाउने काम गरिरहेको पनि बताउनु भयो । उहाँले राष्ट्रपतिको सुझावलाई वेवास्था गरेर सरकारले नागरिकता विधेयकमा मसल देखाइरहेको पनि उल्लेख गर्नुभयो। अध्यक्ष ओली गृहप्रदेशका विभिन्न कार्यक्रममा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *